मोजाम्बिकमा भीषण समुद्री आँधीका कारण, १ हजार भन्दा बढीको मृत्यु

नारीकोसिस डटकम/ चैत ५, काठमाडौं । मोजाम्बिकमा भीषण समुद्री आँधीका कारण एक हजार भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ ।
मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका छन् ।
बिहीबारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्याउन थालेको भए पनि उद्धारकर्मीहरू भने आइतबारदेखि मात्र त्यहाँ पुग्न थालेको बताइएको छ ।
आँधीपछि त्यहाँ मानवीय संकट देखापरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, कतिपय स्थानका मानिसहरूले रुखमा चढेर ज्यान जोगाएका छन् । त्यस्ता कतिपय व्यक्तिलाई उद्धार गरेको रेडक्रसले जनाएको छ ।
आँधीले विद्युत सेवा अवरुद्ध बनेका छन् भने सञ्चार सम्पर्क विच्छेद भएको छ । सडक भाँसिएका छन् । यद्यपि, हवाई उडानहरु भने सुचारु अवस्थामा छन् ।
आँधीका कारण जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २१७ जना हराइरहेको त्यहाँको सरकारले जनाएको छ।
तपाईको प्रतिक्रिया