प्राधिकरणमा प्राविधिकद्धारा तालाबन्दी

नारीकोसिस डटकम चैत्र ५, सोलुखुम्बु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूले जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालयमा ताला लगाएका छन् ।
सरकारले गाउँ–गाउँमा खट्ने प्राविधिको दुर्गम तथा प्रोत्साहन भत्ता कटौती गरेको भन्दै विरोधमा प्राविधिकहरुले ताला लगाएका हुन् ।
जिल्ला खटिएका प्राविधिकहरूले खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिकामा कार्यरत प्राविधिकले ७० प्रतिशत र अन्य स्थानीय तहका प्राविधिकले ६० प्रतिशत भक्ता लिँदै आएका थिए।
फागुन १ देखि लागू हुनेगरी भत्तामा ५० प्रतिशत कटौती गरेको विरोधमा दबाबका लागि ताला लगाउन बाध्य भएको सघर्ष समितिका संयोजक आशुतोष जोशीले बताए ।
सरकारले प्राविधिको माग सम्बोधन नभएर आन्दोलन लम्बिन सक्ने प्राविधिकहरूले बताएका छन्।
तपाईको प्रतिक्रिया