त्रिशुलीमा ट्रक खस्दा, एक जनाको मृत्यु, ४ घाइते
नारीकोसिस डटकम चैत्र ५, काठमाडौं । चितवनको मुग्लिनबाट नारायणगढ जाँदै गरेको ना६ ख १४३ नम्बरको ट्रक आज विहान त्रिशुलीमा खस्दा एक जनाको मृत्यु र ४ जना घाइते भएको छ ।
ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा मकवानपुरका मधुकर पुडासैनी छन् । उनी ट्रकका सहचालक भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् भने घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।



तपाईको प्रतिक्रिया