होलीमा कपाललाई जोगाउन यस्ता उपायहरु अपनाउनुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
होलीमा कपाललाई जोगाउन यस्ता उपायहरु अपनाउनुहोस्

Share

होलीको रमाइलोमा विभिन्न रंगहरुको प्रयोग गरिन्छ र ती प्रयोग गरिएको रंगहरु केमिकलपुक्त हुन्छ । पानी छ्याप्ने  पनि गरिन्छ । धेरै जसोले फोहोर पानी प्रयोग गर्छन् ।

केमिकल र फोहोर पानीले कपाललाई असर गर्छ । कपाललाई फुस्रो बनाउनुका साथै कपाललाई रुखो बनाउने तथा कपाल झर्ने समस्या निम्त्याउँछ ।

त्यसैले, होलीको अवसरमा कपाललाई क्षति हुनबाट जोगाउन यस्ता उपायहरु अपनाउनुहोस् ।

१.कपाल पानीले धुने:
होली खेलिसकेपछि कपाललाई सफा पानीले धुनु पर्छ । जसले गर्दा कपालमा भएको सबै रङ पखालिन्छ । यसपछि मात्र कपाललाई हर्वल श्याम्पू वा शिकाकाई, अमला, रिठ्ठा तथा आमलालाई रातभर भिजाएर तयार पारिएको श्याम्पूले धुनु पर्छ ।

२. रगं हातैले निकाल्ने प्रयास गर्ने:
कपाललाई पानीले धुनु पूर्व कपालमा लागेको रङ लाई सर्वप्रथम हातैले निकाल्ने प्रयास गर्नु पर्छ । त्यसपछि कपालमा  काँइयो प्रयोग गरेर रङ निकाल्ने कोशिश गर्नुपर्छ ।

३.सकेसम्म छिटो रङ पखाल्ने:
होलीमा रङको प्रयोग गर्नासाथ जतिसक्दो छिटो रङ  पखाल्ने प्रयास गर्नुपर्छ, जसले गर्दा केमिकल्सयुक्त रङले कपाललाई कुनै हानी नगरोस् ।

४.कागती पानीको प्रयोग:
होलीको रङबाट कपाललाई सुरक्षा प्रदान गर्न कपाल पखाली सकेपछि अन्तिममा कागती हालेको पानीले कपाल धुनुपर्छ । यसले कपालको जरामा क्षति हुन पाउँदैन ।

५.तेल लगाउने:
कपालको चमक फर्काउन तथा कपाललाई पहिलेजस्तै चमकदार बनाउ तोरीको तेल, बदाम वा जैतुनको तेल मिसाएर कपालको मालिश गर्नुपर्छ र करिब एक घण्टापछि कपाललाई राम्ररी पखाल्नु पर्छ ।

६.मेहन्दीको प्रयोग:
कपालमा चमक ल्याउन कपालमा मेहेन्दी पनि लगाउ सकिन्छ । मेहेन्दीमा दही, कागती, अण्डा वा कफि मिलाउन सकिन्छ । यसले कपाल आर्कषक तथा चम्किलो बनाउन मद्दत मिल्छ ।

यी घरेलु उपायहरु अपनाएर कपालमा भएको केमिकलयुक्त रगंलाई निकाल्न सकिन्छ । राम्रो त यहि हुन्छ कि बरु कपाललाई पुरै ढाकेर जानुहोस्  । कपालमा रंग नपरोस्,  रंग परे पनि कम परोस र सफा गर्न सजिलो होस् ।

तपाईको प्रतिक्रिया