इँटा प्रहार गरी ७० वर्षीय वृद्धको हत्या
नारीकोसिस डटकम/ चैत्र ६, बुटवल । कपिलवस्तुमा इँटा प्रहार गरेर एक वृद्धको हत्या भएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका– ६ का ७० वर्षीय त्रिवेणी यादवको बुधबार बिहान हत्या भएको हो ।
पिपरी चोकस्थित गणपति पेट्रोल पम्प अगाडि घरमा सुतिरहेका यादवलाई बुधबार बिहान ३ बजे इँटा प्रहार गरेर हत्या गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले जानकारी दिए । मृतक यादवको टाउको र अनुहारमा चोट लागेको छ ।
बुधबार बिहान स्थानीय छेदी चौधरीले यादवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्रिवेणीको शव नजिकै अवधी भाषामा लेखिएको एक पत्रसमेत भेटिएको छ । वडा कार्यालय, चन्द्रौटाका प्रहरी प्रमुख उपाध्यायले पत्रमा आर्थिक लेनदेनको विषय उल्लेख गरिएकोे जानकारी दिए । प्रहरीले घटना बारे अनुसन्धान थालेको छ ।
तपाईको प्रतिक्रिया