नौतनधाम मन्दिरमा होलीको रौनक (फोटो फिचर )

६ चैत, काठमाडौं । राजधानी काठमाण्डौंसहित देशभर आज फागु पूर्णिमाको रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।
श्री कृष्ण प्रणामी मन्दिर नौतनधामले आज होली विशेष कार्यक्रम भव्यताका साथ मनाएको छ । यो कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समिति नेपाल ,श्री कृष्ण प्रणामी यूवा परिषद नेपाल, श्री कृष्ण प्रणामी वाइजुराज नेपाल र नौतनधाम सञ्चालक समितकिो संयुक्त आयोजनामा मनाएको हो ।असत्यको अन्त्य र सत्यको विजयको खुशीयालीमा मनाइने यस पर्वमा आपसी सद्भाव ,प्रेम र एकता कायम रहोस् र यो दिन उल्लासमय बनोस् भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको नौतनधाम व्यवस्थापन समितिका अध्यक्ष विष्णु चौलागाई बताउनुहुन्छ ।
यो मन्दिर कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर -८, काठमाण्डौंमा अवस्थित छ ।
तपाईको प्रतिक्रिया