तीन वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तीन वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

Share

नारीकोसिस डटकम चैत्र ६, रुकुम । नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम पूर्व का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो ।

मंगलबार जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले गौतमलाई जन्मकैदको फैसला गरेको जिल्ला अदालत रुकुमकोटका सूचना अधिकारी निर्मला शर्माले जानकारी दिइन् ।

गत माघ ११ गते दिउँसो १ बजे बालिकालाई बलात्कार गर्दै गर्दा प्रहरीले गौतमलाई रङ्गे हात फेला पारेको थियो । बालिकालाई बलात्कार गर्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया