प्रिमनसुनको प्रभावले मौसममा आंशिक बदली, साँझ वर्षा हुने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रिमनसुनको प्रभावले मौसममा आंशिक बदली, साँझ वर्षा हुने

Share

नारीकोसिस डटकम /चैत्र ६, काठमाडौं । प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ ।

दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीबार र शुक्रबार पनि मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया