तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाईदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाईदै

Share

चैत्र ७, काठमाण्डौं । रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाईदैछ । फागुन पूर्णिमाका दिन हिमाली र पहाडी जिल्लामा हिजो मनाईएपनि तराईका जिल्लामा भने आज मात्र मनाउन लागिएको हो ।
होलीलाई मेलमिलाप र सद्भावको पर्वका रुपमा लिने गरिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । होरी, होली, फगुआ र फागुका नामले समेत मनाइने यो प्रेम र स्नेहको पर्व पनि हो ।

तपाईको प्रतिक्रिया