सांसद शान्ता चौधरी एसईई परीक्षा दिँदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सांसद शान्ता चौधरी एसईई परीक्षा दिँदै

Share

नारीकोसिस डटकम । चैत्र ७, काठमाडौं । प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी नेकपा का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् ।

कारण हो, एसईई परीक्षाको तयारी । दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन् ।

यो वर्ष उनी एसईईको परीक्षामा सामेल हुँदै छिन् । त्यसका लागि उनले संसद्बाट बिदाको बन्दोबस्तो मिलाएकी हुन् । परीक्षाको तयारीमा व्यस्त रहेकी उनी फोन उठाउनसमेत नभ्याएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया