पहेंलो दाँतलाई सेतो पार्ने घरेलु सरल उपायहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पहेंलो दाँतलाई सेतो पार्ने घरेलु सरल उपायहरु

Share

नारीकोसिस डटकम/ चैत्र ७, काठमाडौँ । पहेंलो दाँत हुनु हिजो आज प्राय: को समस्या भएको छ । सहि तरिकाले दाँतको हेरचाह नगर्नु, पराग, सुर्ती,  चुरोट आदिले दाँत पहेंलो हुदैं जान्छ । दाँत पहेंलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउनु जस्तै हो । पहेंलो दाँतले गर्दा सुन्दरतामा असर पार्छ । यसरी पहेंलो  दाँतलाई सेतो बनाउन सकिन्छ:

१.तुलसी
.तुलसीमा दाँतको  पहेंलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको  पहेंलोपन हटाउने मात्र होइन मुख र  दाँत  सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाई टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा  दाँतको पहेंलोपना हटेर चमक आउन थाल्छ।

२.नुन र तेल
हाम्रो गाउँघर तिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ । नुन मा २–४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको  पहेंलोपना हटेर जान्छ ।

३.सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् ।  दाँत ब्रश गरिसकेपछि उत्त पाउडरले  दाँतमा हल्का मसाज गर्नुहोस् सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमका कारण दाँत चम्किलो हुन्छ ।

४.खाना खाइसकेपछि दिनहुं गाजर खाने गर्नाले पनि दाँतको  पहेंलोपन हट्छ ।

५.नीमको उपयोग
नीमको उपयोग धेरै पहिले देखी नै दाँतको सफाई गरिदै आएको छ । यसमा  दाँत सेतो बनाउने र  दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति रहेको छ । दिनहु नीमको काठ, निमको सानो हाँगाले पहेलो दाँत सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमको रोग लाग्दैन र  भएको भए पनि हट्छ।

६.कागतीको रस
कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाउनुहोस् र खाना खाइसकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्नुहोस् ।

तपाईको प्रतिक्रिया