ट्रयाक्टरबाट खसेर एक महिलाको मृत्यु

नारीकोसस डटकम/चैत्र ७, बैतडी । बैतडी सुर्नया गाउँपालिका–३ धरमघर नजिकै ट्रयाक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
ठूलाखोलामा सुर्नया गाउँपालिका–३ की ४५ वर्षीया सीतादेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बुधबार बेलुका करिब ६ बजे महाकाली राजमार्ग अन्तर्गत धरमघर मेलाबाट घर फर्किने क्रममा से१त ७६४९ नम्बरको ट्रयाक्टरको ट्रालीबाट एक्कासि हाम फाल्दा गम्भीर घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक दीपक डगौंरा र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक पातलीले बताए।
तपाईको प्रतिक्रिया