होली खेल्ने क्रममा छतबाट लड्दा बालक गम्भीर घाइते

नारीकोसिस डटकम/चैत्र ७, दाङ । दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतबाट लडेर एक जना बालक गम्भीर घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं ९ अमृतटोल निवासी १२ वर्षीय विप्लव केसी गम्भीर घाइते भएका छन् ।
घाइते बालकको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया