शिक्षामन्त्री पोखरेल पाटन अस्पतालमा भर्ना

नारीकोसिस डटकम/ चैत ८, काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पाटन अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन् ।
पोखरेलको केही समयदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । बिहीबार रातिदेखि थप समस्या देखिएपछि केही समयसम्म उनी अस्पतालमै रहने भएका छन् ।
मन्त्री पोखरेलका प्रमुख स्वकीय सचिव जीवन गौतमले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया