१६४ किलो लागुऔषध चरेससहित एक पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१६४ किलो लागुऔषध चरेससहित एक पक्राउ

Share

नारीकोसिस डटकम/ चैत्र ८, धादिङ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १ सय ६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।

भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ को ट्रकमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

लागुऔषध चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई हिरासतमा लिइएको छ । गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया