खुकुरी प्रहार गरी श्रीमतीको बीभत्स हत्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खुकुरी प्रहार गरी श्रीमतीको बीभत्स हत्या

Share

नारीकोसिस डटकम/ चैत्र ८, सर्लाही । श्रीमतीलाई खुकुरी हानेर हत्या गरेको आरोपमा सर्लाहीमा १ जना पक्राउ परेका छन् ।

बरहथवा नगरपालिका–५ का रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने झापाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया सुनीतालाई खुकुरी हानेर बीभत्स हत्या गरेको आरोप लागेको छ ।

बिहीबार राति साँढे १० बजे रामजीले सुनीताको घाँटी, हात, खुट्टालगायत शरीरका विभिन्न भाग खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

सुनीताको घटनास्थलमै ज्यान गएको थियो। रामजीले सुतिरहेकी श्रीमतीमाथि खुकरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवा लगिएको छ ।

तपाईको प्रतिक्रिया