कोरियाका लागि पहिलो दिनमै ५५ हजार आवेदन दर्ता

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कोरियाका लागि पहिलो दिनमै ५५ हजार आवेदन दर्ता

Share

नारी कोसिस डटकम/चैत ९, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् ।

ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए । ग्लोबल बैंकको शाखासहित आईएमई पे र ई सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ । पत्रपत्रिका

तपाईको प्रतिक्रिया