सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा युवक पक्राउ
नारीकोसिस डटकम/ चैत १०, काभ्रे । काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिका–७, कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पीडित परिवारको किटानी जोहरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय सुनिल दनुवारलाई यही चैत ३ गते साँझ मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।
सोही आधारमा प्रहरीले चैत ५ गते मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरेको थियो ।
प्रहरीले सोही दिन आरोपितको म्याद थप गर्दै हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिनुभयो । पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो । मुलुकी संहितामा आरोपितलाई कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।
तपाईको प्रतिक्रिया