बावुले खर्च नदिँदा युवाले आफ्नै घरमा आगो झोसे

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बावुले खर्च नदिँदा युवाले आफ्नै घरमा आगो झोसे

Share

नारीकोसिस डटकम /चैत १०, काठमाडौं । सप्तरीका एक युवाले मामुली असन्तुष्टिमा आफ्नै घरमा आगो झोसेका छन् ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–७ हैंठीका २२ वर्षीय राजु यादवले आफ्नै घरमा आगो लगाएका हुन् ।

बावु बालेश्वरले पकेट खर्च दिन अस्वीकार गरेपछि क्रुर बनेका राजुले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै घरमा आगो लगाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

राजुले घरमा आगो लगाए पनि त्यसलाई समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ ।

आफ्नै घरमा आगो लगाउने राजु भने फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया