क्षयरोग के हो र कसरी पहिचान गर्ने ?

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
क्षयरोग के हो र  कसरी पहिचान गर्ने ?

Share

नारीकोसिस डटकम/चैत १०, काठमाण्डौं । आज विश्व क्षयरोग दिवस, ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएसँगै एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्ने जनाएको छ ।

हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।

क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । क्षयरोगलाई रगत, खकार, छाला परीक्षणबाट कीटाणुको अवस्थाका बारेमा पत्ता लगाउन सकिन्छ ।

क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ ।

क्षयरोगका लक्षणहरु
१. लगातार खोकी लाग्ने ।
२. रोग लागेका लामो समयपछि खोकीमा रगत देखापर्ने ।
३. तौल घट्ने ।
४. फोक्सो दुख्ने वा असजिलो महसुस हुने ।

 

तपाईको प्रतिक्रिया