कुटपिटको आरोपमा वडा अध्यक्षका भतिजा र छोरा पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कुटपिटको आरोपमा वडा अध्यक्षका भतिजा र छोरा पक्राउ

Share

नारीकोसिस डटकम/ चैत ९, धनुषा । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष शुभनारायण मण्डलका भतिजा विक्की र छोरा रोशनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुविरुद्ध सोही वडाका जितनारायण र नगिना राउतलाई केहि दिन अगाडि कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले शनिबार साँझ वडा अध्यक्ष मण्डलको घर खानतलासी गरी दुवैलाई पक्रेको हो ।

तपाईको प्रतिक्रिया