दुई किशोरी एकै दिनमा झुण्डिएर आत्महत्या

नारीकोसिस डटकम/चैत १०, गौशाला । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् ।
दुई किशोरी एकै दिन किन, के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया