सडक बन्दका कारण बिरामीलाई सस्ती

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सडक बन्दका कारण  बिरामीलाई सस्ती

Share

नारीकोसिस डटकम/चैत १०, कैलाली । धनगढी अत्तरिया सडकखण्ड अबरुद्ध भएपछि बिरामी र सर्वसाधारणले सास्ती  खेप्नुपरेको छ ।

धनगढी उपमहानगरपालिका—३ मा रहेको रिचमण्ड फेलोसिप पुनर्स्थापना गृहका स्टोर किपर २९ वर्षका जनक ढुंगालको तीन दिनअघि मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा बिरामी र सर्वसाधारणहरु मर्कामा परेका हुन् ।

सवारी साधन चल्न नदिएपछि एक जना बिरामी महिला स्लाइनसहित सडकमै पल्टिएकी छन् ।

धनगढी भएर सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरका लागि छुट्ने यातायातका साधनसमेत बन्दका कारण प्रभावित भएका छन् । धनगढीबाट गेटा बिमानस्थलसम्म पनि जान कठिनाइ भएको छ ।

मृतकका आफन्तहरुले बन्द र बार्ता संगसंगै गर्ने अडान लिएका छन् । उनीहरुले ढुंगालको मृत्यु शंकास्पद रहेको भन्दै पुनर्स्थापना केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने अडान राखेका छन् ।

तपाईको प्रतिक्रिया