विप्लव समूहका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लव समूहका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

Share

नारीकोसिस डटकम/चैत ११, काठमाण्डौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई प्रहरीले गएराति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । तत्कालीन द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए ।

शुक्रबार प्रहरीले चन्द समूहका तेस्रो वरियताका नेता एवम् मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो ।

सरकारले केही दिनअघि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै देशव्यापी रुपमा प्रहरीले विप्लव समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको हो ।

तपाईको प्रतिक्रिया