आज नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आज नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुदै

Share

नारीकोसिस डटकम/चैत ११, काठमाण्डौं । आज नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

सरकारी संयन्त्रमार्फत् नेपाली कामदार जापान लाने विषयमा दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर गर्न लागिएको हो ।

समझदारी भएसँगै आगामी अप्रिलदेखि नै जापान लैजाने कामदार छनोट प्रक्रिया सुरु हुने छ ।

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङलगायतका १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरेको छ ।

त्यसका लागि जापनले नेपालबाहेक चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मारलगायतका देशसँग पनि कुराकानी गरिरहेको बताइएको छ ।

सहमति भएका विषयलाई कार्यान्वयनमा ल्याउन एउटा प्राविधिक टोलीसमेत गठनगर्ने तयारी छ ।

सो टोलीले जापानले नेपालबाट वार्षिक लैजाने श्रमिकको संख्या र कामदारको लागत खर्चजस्ता विषय टुंग्याउने छ ।

तपाईको प्रतिक्रिया