सुनसरीमा आगलागी ४ घर र एक चौपया जलेर नष्ट

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सुनसरीमा आगलागी ४ घर र एक चौपया जलेर नष्ट

Share

नारीकोसिस डटकम/ चैत ११, सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर र एक चौपया जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ ।

स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक-एक वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जल्दा करीब रु १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो ।

तपाईको प्रतिक्रिया