खेल्ने क्रममा सलाई कोर्दा, १ महिने बहिनीको मृत्यु

नारीकोसिस डटकम/ चैत ११, दाङ । दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएर १ महिने बहिनीको मृत्यु भएको छ ।
आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ ।
बच्चाहरु खेलिरहेको बेला सलाई चलाउँदा आगो सल्किएपछि गम्भीर घाईते भएकी संगीताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार अमित रानाले उनकी बहिनी संगिताको नजिकै सलाई कोरेर खेलिरहेका थिए ।
घरमा अन्य क्षति भने भएको छैन । संगीताको शवलाई अस्पतालमै राखिएको छ ।
तपाईको प्रतिक्रिया