पोखराको एक रेस्टुरेन्टमा होहल्ला भएपछि प्रहरी छापा
नारीकोसिस डटकम/ चैत ११, पोखरा । प्रहरीले पोखराको एक रेस्टुरेन्टमा होहल्ला भएको भन्दै विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको छ ।
लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्रेको हो ।
नियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले बताए । होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछि छाडिएको जानकारी उनले दिए ।
बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताए ।
प्रहरीले रेस्टुरेन्टबाट ठूलो मात्रामा लागू औषधसमेत बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया