नवलपुरका अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध

नारीकोसिस डटकम/ चैत १२, कावासोती । नवलपुरका अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध भएको छ ।
मंगलबार बिहान परेको चट्याङले प्रगतिनगरमा रहेको ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
ट्रान्सफर्मरमा पुगेको क्षतिले नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारा लगायतका स्थानमा विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण वितरण केन्द्र, कावासोतीका सूचना अधिकारी लालहरि उपाध्यायले जानकारी दिए ।
विद्युत सेवा अवरुद्धपछि जिल्लाका सञ्चार माध्यम, कलकारखाना उद्योग लगायतमा त्यसको असर परेको छ ।
क्षति पुगेको ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक बोलाइएको उनले बताए ।
नवलपुरको अरुणखोला र दुम्कीवासमा भने विद्युत् सेवा अवरुद्व भएको छैन । सो ठाउमा बर्दघाटतर्फको लाइन रहेकाले त्यहाँ विद्युत् सेवा अवरुद्व नहुने प्राधिकरणले जनाएको छ ।
तपाईको प्रतिक्रिया