आजदेखि पाँच ब्रुमर यान्त्रिक कुचो मार्फत काठमाडौंमा धुलो बढार्ने

नारीकोसिस डटकम/ चैत १२, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर यान्त्रिक कुचो मार्फत सडक सफा गर्ने भएको छ ।
एक साता अघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् ।
महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।
तपाईको प्रतिक्रिया