लम्जुङको बेँसिशहर बजारमा आगलागी, ४० लाख बढी क्षति भएको अनुमान

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लम्जुङको बेँसिशहर बजारमा आगलागी, ४० लाख बढी क्षति भएको अनुमान

Share

नारीकोसिस डटकम/ चैत १२, बेँसिशहर । लम्जुङको बेँसिशहर नगरपालिका ८ नारायणथानमा आगलागी हुँदा ४० लाख रुपैयाँ बढी क्षति भएको छ ।

गएराति १२ बजेतिर लागेको आगो दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उत्तर बहादुर परियारले सञ्चालन गरेको सर्टिङ सुटिङ पसल र सो पसलसँगै रितेश थापाले सञ्चालन गरेको कम्प्युटर मर्मत गर्ने कोठामा क्षति भएको जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी यादव ढकालले जानकारी दिए ।

जस्ताको छानो भएको ब्लकबाट निर्मित दुईवटा सटरमा कपडा र कम्प्युटर मर्मत पसल सञ्चालन गरिएको थियो ।

परियारले सर्टिङ सुटिङ पसल जल्दा ४० लाख क्षति भएको दाबी गरेका छन् । यसैगरी थापाले कम्प्युटर मर्मत कोठामा भएको आगलागी साढे पाँच लाख क्षति भएको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया