तीन दिनसम्म मौसममा बदली: वर्षाको सम्भावना

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तीन दिनसम्म मौसममा बदली: वर्षाको सम्भावना

Share

नारीकोसिस डटकम/चैत १२, काठमाण्र्डौ । आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ ।

मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ ।
पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ ।

बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया