विप्लव समूहका जिल्ला इन्चार्ज सहित जिल्ला सदस्य प्रहरी नियन्त्रणमा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लव समूहका जिल्ला इन्चार्ज सहित जिल्ला सदस्य प्रहरी नियन्त्रणमा

Share

नारीकोसिस डटकम/ चैत्र १२, कावासोती । कावासोती नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज सहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित  नवलपरासी जिल्ला इन्चार्ज गंगा ज्ञवालीलाई उनकै घरबाट राति नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ ।

जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राना भाटले बताए ।

तपाईको प्रतिक्रिया