ट्रकको ठक्करबाट एक जनाको मृत्यु, दुई जना गम्भिर घाइते

नारीकोसिस डटकमर/चैत १२, रत्नगर, । ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मंगलवार बिहान करीब साढे ९ बजे पूर्वदिशाबाट आइरहेको ना ४ ख ९९८१ नं. को ट्रकले विपरीत दिशामा गइरहेको ग १४ प ५५७२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका–८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया