माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

Share

नारीकोसिस डटकम/ चैत १२, खोटाङ । माटोको ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको मृत्यु भएको छ ।

घर पोत्ने रातो माटो लिन डेढ घण्टा टाढा पर्ने साकेला–५ मात्तिमस्थित कामीसरा पुगेकी खड्काको ढिस्कोले पुरिएर सोमबार घट्नास्थलमै मृत्यु भएको हो ।

खड्कालाई माटोले पुरिए लगतै आफन्तले बाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो । विशेषगरी गाउँ घरमा दसैं–तिहारको बेलामा घर लिपपोत गर्नाका लागि रातो र सेतो माटो खन्ने चलन भए पनि यो दुर्घटना बेमौसममा भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

तपाईको प्रतिक्रिया