बिजुलीको पोलमा छुदा करेन्ट लागेर एक बालकको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बिजुलीको पोलमा छुदा  करेन्ट लागेर एक बालकको मृत्यु

Share

नारीकोसिस डटकम/चैत १३, लमजुङ । लमजुङको मध्य नेपाल नगरपालिका ४ दोपरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय मालिका आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीय अनमोल थापाको मंगलबार बिहान करेन्ट लागेर मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी अनुसार मध्यनेपाल नगरपालिका ५ सिम्लेका थापा परीक्षा दिन विद्यालय गएका र घन्टी बज्नुअघि विद्यालयभन्दा माथि ऐंसेलु खान जाँदा थापा चिप्लेर तल खसेर बिजुलीको पोलमा छोइएपछि करेन्ट लागेको हो ।

गाउँलेले विद्युत प्राधिकरण, दमौलीमा सम्पर्क गरी विद्युत बन्द गर्न लगाएर निकाल्दा उनको मृत्यु भइसकेको स्थानियले बताएका छन् ।

तपाईको प्रतिक्रिया