विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज श्रेष्ठ पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज श्रेष्ठ पक्राउ

Share

नारीकोसिस डटकम/ चैत १३, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ( प्रज्वल ) पक्राउ परेका छन् ।

श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन ।

श्रेष्ठ माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौं आएका उनी मिर्मिरे एफएमको समाचार शाखा प्रमुखसमेत बनेका थिए । पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए ।

सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया