तिम्रै नामको बाती भिजाए आज

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तिम्रै नामको बाती भिजाए आज

Share

दियो भित्र तेल हाली
तिम्रै नामको बाती भिजाए आज
त्यहि दियोको उज्यालोमा
हृदयलाई बुझाए आज

तिमी बाती हुदा आज
म तेल भए
तिमीले उज्यालोलाई छुदा
म त्यो उज्यालो भित्रै मिसिएर
तिमीमा नै विलिन भए आज

शीर देखि पाउँ सम्म हेरी
त्यो शुन्यतामा अंकमालले बेरी
श्वास-श्वासमा
तिम्रै नाम फेरी
तिम्रो कामनामा
हर्कका आशुमा रमाए आज
त्यहि शुभकामनालाई समाए आज

  दिलासा

तपाईको प्रतिक्रिया