विप्लवका गोरखा जिल्ला सदस्यसहित ३ नेताले पार्टी छोड्ने घोषणा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लवका गोरखा जिल्ला सदस्यसहित ३ नेताले पार्टी छोड्ने घोषणा

Share

नारीकोसिस डटकम/चैत १४, गोरखा । गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् ।

बुधबार साँझ संयुत्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।

समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पु¥याउँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौं ।’

तिनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया