सुत्केरी भएको एक महिना पछि फेरि जुम्ल्याहा बच्चाको जन्म

चैत्र १४, २०७५
बंगलादेशमा एक सुत्केरीले एक महिना पछि फेरि जुम्ल्याहलाई जन्म दिएकी छिन् । बंगलादेशको खुल्ना जिल्लाको ग्रामीण वस्तीकी २० वर्षीया अल्फा सुल्तानाले गत फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिएको २६ दिन पछि जुम्ल्याहलाई जन्म दिएकी हुन् । दुईवटा पाठेघर रहेकी महिलाको दोश्रो पाठेघरमा रहेका दुई शिशुलाई शल्यक्रिया गरी निकालिएको चिकित्सकलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ती जुम्ल्याह शिशु स्वस्थ्य रहेको जनाइएको छ । पहिलो सन्तानलाई जन्म दिँदासम्म अल्ट्रा साउण्ड नगरेका कारण ती महिलालाई तीन सन्तान रहेको जानकारी नै नभएको चिकित्सकले बताएका छन् ।
बीबीसी
तपाईको प्रतिक्रिया