अध्ययनमा यसरी बानी लगाउनुहोस्

नारी कोसिस डटकम । अध्ययन नभै कुनै पनि विषयमा पूरा ज्ञान लिन सकिदैन । त्यैसले पनि अध्ययन गर्न धेरै जरुरी छ । जसले गर्दा धेरै भन्दा धेरै ज्ञान हासिल गर्न सकिन्छ । अध्यनन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
१.उपयुक्त ठाउँ रोज्नु आवश्यक छ
बाहिरी आवाजहरु नसुनिने ठाउं रोज्नुपर्दछ, जसले गर्दा ध्यान पढाईमा केन्द्रित गर्न सकियोस् । त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ । तपाईको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न सक्नुहुन्छ । कहिलेकाहीँ क्याम्पसमा दिक्क लागेको बेला तपाईंले क्याम्पस भन्दा टाढा कतै गएर पनि अध्ययन वा गृहकार्य गर्न सक्नुहुन्छ।
२.सामाजिक सञ्जालबाट टाढा बस्नु आवश्यक छ
तपाईंलाई केही पनि कुराले ‘डिस्टर्ब’ गर्नु हुँदैन । सामाजिक सञ्जालले तपाईंलाई अल्मल्याउन सक्छ । सामाजिक सञ्जालमा घन्टौंसम्म गफ गरेर बस्नु भएन। कहिलेकाहीँ त त्यसैले सामाजिक सञ्जालको कम प्रयोग गरेर आफ्नो समय बचाउनुहोस् र अध्ययनमा लाग्नुहोस् ।
३.मोबाइल टाढा राख्नुहोस्
मोबाइलले पनि तपाईंलाई डिस्ट्रब गर्न सक्छ । मोबाइललाई साइलेन्टमा पनि राख्न सक्नुहुन्छ । बरु, काम छैन भने मोबाइल नै स्विच अफ गरिदिनुहोस् । तपाईंको मुख्य ध्यान भनेको पढाइमै हुनुपर्छ । बेला बेलामा म्यासेज हेर्न सक्नुहुन्छ। जरुरी फोन गर्न सक्नुहुन्छ तर धेरै समयसम्म नचालएकै राम्रो हुन्छ किनकि मोबाइल धेरै चलाएन भने पढाइमा ध्यान जान्छ ।
४.विश्राम लिनुहोस्
अध्ययन सँगसँगै विश्रामको पनि जरुरी हुन्छ । यहाँ पनि तर, अध्ययनलाई बोझको रूपमा नलिनुहोस् । कलेजले गृहकार्य दिएको हुन सक्छ । एउटा विषयको गृहकार्य सकाएर अर्को थाल्नुअघि विश्राम लिनुहोस् । अध्ययन सामग्रीमा केन्द्रित हुन पनि बेलाबेलामा विश्रामको जरुरी पर्छ । त्यसैले अध्ययनका क्रममा ब्रेकलाई पनि ध्यान दिनुहोस् । दिमागलाई फ्रेस बनाएर अध्ययन गर्नुहोस् ।
५.नोट गर्नुहोस्
लेक्चर नोट गर्नुहोस् । शिक्षकले बोलेको कुरा ट्रान्सक्राइब गरेर अध्ययन गरिरहनुपर्छ । यसरी लेखेको तपाईंको नोटकपी एकदमै पुरानो देखिने गरी अध्ययन गर्नुहोस् । ट्रान्सक्राइब गरेर सरले पढाएको कुरा अध्ययन गर्दा दिमागमा पनि बस्छ । समयसमयमा यसरी बनाएको नोट हेरिरहनुहोस् ।
६.अध्ययन समूह बनाउनुहोस्
कलेजमा आफूसँग मिल्ने केही साथीहरू जम्मा गर्नुहोस् । तर, आफ्नै क्लासका साथीहरू हुनुपर्छ, तिनीहरू । साथीहरूसँग मिलेर एउटा अध्ययन समूह बनाउनुहोस् । त्यसपछि, अध्ययन पनि समूहमै गर्न थाल्नुहोस् । यसरी अध्ययन गर्दा तपाईंलाई नआएको कुरा अर्को साथीलाई आउन सक्छ। एकलाई नआएको कुरा अर्कोले भन्न सक्छ। यहाँ सबैले एकअर्कालाई सघाउनुपर्छ ।
७.अध्ययनपछि समीक्षा गर्नुहोस्
अध्ययन गरिसकेपछि अन्तिममा पढेको कुरालाई सम्झिनुहोस् । समीक्षाका लागि केही समय छुट्याएर अध्ययन गर्नुहोस्। पढेर किताब बन्द गर्ने हैन, केही समय रिभ्यु गर्ने हो । पढेका कुरा सम्झिनका लागि यो उपयुक्त माध्यम हो ।
तपाईको प्रतिक्रिया