प्रधानमन्त्रीको पहलमा धनकुमारीलाई नागरिकता

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रधानमन्त्रीको पहलमा धनकुमारीलाई नागरिकता

Share

नारीकोसिस डटकम/चैत १५, काठमाण्डौं । नुवाकोटको लिखु गाउँपालिका–४, चौघडाकी धनकुमारी राईले बिहीबार नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड प्राप्त गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बराल र सालिकराम चालिसेले लेखेका छन् ।

थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिएकी राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे पहल तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री कार्यालयले धनकुमारीको वस्तुस्थितिबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय नुवाकोट र नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई १० गते आइतबार निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धनकुमारीको नागरिकता र सामाजिक सुरक्षा भत्ताको छानविनका लागि प्रधानमन्त्रीले चासो राखेका थिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० थापाले धनकुमारीको नागरिकता सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको नेपाल समाचारपत्रलाई बताए । राईलाई छोरीले काठमाडौबाट नुवाकोट लगेका थिए ।

आजको पत्रपत्रिका

तपाईको प्रतिक्रिया