जनकपुरमा पुनः एसईई प्रश्नपत्र बाहिरियो, सामाजिक विषयको परीक्षा स्थगित

नारीकोसिस डटकम/ चैत १५, जनकपुर । जनकपुर प्रदेश २ को सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरिएको छ ।
परीक्षा अगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमित तर्फको परीक्षा स्थगित भएको हो ।
परीक्षा अगावै अनिवार्य सामाजिक विषयको नियमित तर्फको प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ शिक्षा निर्देशक रमाकान्त शर्माले भने, ‘त्यसैले हामीले नियमित तर्फको आजको परीक्षा स्थगित गरेका छौं ।’
स्थगित परीक्षा अब चैत २३ गते हुने शर्माले बताए ।
प्रदेश २ मा यस वर्ष लगातार दोस्रो पटक एसईई प्रश्नपत्र बाहिरिएको हो । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए । तर, प्रश्नपत्र कहाँबाट, कसले लिग गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रदेश २ का शिक्षा निर्देशक शर्मा प्रश्नपत्र सार्वजनिक गरेर विद्यर्थीको भविष्यमाथि खेलबाड गर्दै एकपछि अर्को प्रश्नपत्र बाहिरिएको छ’, शर्माले भने, ‘यसबारे गम्भीर छानबिन गरेर हामी सत्य–तथ्य बाहिर ल्याउँछौं ।’
तपाईको प्रतिक्रिया