सामाजिक विषयको परिक्षा स्थगित: गोलबजारमा विद्यार्थीद्धारा टायर बालेर प्रदर्शन

नारीकोसिस डटकम/ चैत १४, काठमाडौँ । सामाजिक विषयको परिक्षा स्थगित गरेको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो भने फेरी शुक्रबार पनि सामाजिक विषयको प्रश्नपत्र बाहिरिएकाले परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् ।
विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण अवरुद्ध भएको छ ।
तपाईको प्रतिक्रिया