एसईईका विद्यार्थीको प्रदर्शनले एसपी ढकाल घाइते

नारीकेसिस डटकम/ चैत१५, वीरगञ्ज । सामाजिक विषयको परीक्षा रद्द भएपछि वीरगञ्जमा एसईईमा सहभागी हुन आएका विद्यार्थीहरुले तोडफोडमा उत्रिएका छन् ।
विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक एसपी रेवती ढकाललाई सामान्य चोट लागेको छ । विद्यार्थीले प्रहार गरेको ढुंगाले खुट्टामा सामान्य चोट लागेको एसपी ढकालले बताए । उनको मोवाइल समेत फुटेको छ ।
विहानैदेखि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु करिब १२ बजेतिर घरतिर लागेपछि स्थिति सामान्य बनेको प्रहरीले जानकारी दिएको छ ।
एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा पनि प्रदर्शन गरेका थिए । प्रदेश २ मा बिहीबार नै विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
तपाईको प्रतिक्रिया