विप्लव समुहको एक जना नेता बिजुलीको पोलमा ठोक्किएर दुर्घटना

नारीकोसिस डटकम/चैत १५, विराटनगर । विप्लव समुहको एक जना नेता बिजुलीको पोलमा ठोक्किएर दुर्घटना ।
बिहीबार साँझ विराटनगर बजारमा प्रहरी र विप्लवका मोरङ जिल्ला सचिव नवराज भट्टराईको भेट भयो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा भट्टराई मोटसाइकलमा भागे । प्रहरीको भ्यान पछ्याउँदै गयो । पुष्पलाल चोकदेखि उत्तरतर्फ लागेका भट्टराईको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भयो ।
मोटरसाइकल दुर्घटनामा परेका सचिव भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरियो । तर, उपचार सम्भव नभएपछि बिहीबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ ।
तपाईको प्रतिक्रिया