परीक्षा अगावै प्रश्नपत्र लिक प्रकरण: सीआईबीले अनुसन्धान थाल्यो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
परीक्षा अगावै प्रश्नपत्र लिक प्रकरण: सीआईबीले अनुसन्धान थाल्यो

Share

नारीकोसिस डटकम/चैत १५, काठमाडौं । प्रदेश २ को एसईई परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ ।

ब्युरोका एक जना नायब उपरीक्षक डीएसपी को नेतृत्वमा अनुसन्धान टोली प्रदेश दुई पठाएर अनुसन्धान थालेको हो ।

विज्ञान विषयको प्रश्न पत्र लिक हुने वित्तिकै सीआईबीलाई अनुसन्धानका लागि अनौपचारिक रुपमा जानकारी गराइएको थियो । तर, शुक्रबारको प्रश्नपत्र पनि सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैंले अनुसन्धान अघि बढाउन ब्युरोलाई निर्देशन दिएका थिए ।

प्रहरी अधिकारीहरुले यो प्रकरणमा सत्य, तथ्य विवरण सार्वजनिक गरेर दोषीलाई कानुनी दायरामा ल्याइने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया