नवजागरण महिला वैकल्पिक गृहणी विद्यालय: महिलाहरुका लागि सुवर्ण अवसर (भिडियोसहित हेर्नुहोस्)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नवजागरण महिला  वैकल्पिक गृहणी विद्यालय: महिलाहरुका लागि सुवर्ण अवसर (भिडियोसहित हेर्नुहोस्)

निर्मला सापकोटा सन्जेल/सुनिता तामाङ । नवजागरण महिला  वैकल्पिक गृहणी विद्यायलय यस्तो विद्यालय हो जहाँ महिलाहरु मात्र अध्ययन गर्न पाउछन् । यस विद्यालयमा उमेरमा औपचारिक शिक्षा लिनबाट बञ्चित भएका वा व्यक्तिगत, पारिवारिक, आर्थिक तथा सामाजिक समस्या लगायत विविध कारणले शिक्षाको पहुँचबाट पछि परेका गृहणी महिलाहरुलाई यस विद्यालयले अध्ययन गर्न पाउने अवसर प्रदान गरेको छ। पढ्ने चाहना भएका र औपचारिक शिक्षा लिने उमेर नाघेका वा इच्छुक जो कोही महिलाहरु यस विद्यायलयमा सहजै भर्ना भई नियमित पठन-पाठन गर्न सक्छन् । जुन विद्यालय औपचारिक शिक्षाबाट तथा शिक्षा लिन चाहने आम महिलाहरुका लागि सुवर्ण अवसर हो ।

यो विद्यालय काठमाडौको कागेश्वरी मनोहरा नगपालिका–९, काँडाघारीमा रहेको छ । यस विद्यालय स्थापना गर्दाको सुरुवाती दिनहरुमा ठाउँको अभावको बावुजुत पनि विविध संघर्ष र चुनौतीहरुलाई झेल्दै विद्यालयलाई निरन्तर सञ्चालनमा ल्याएको विद्यालय सञ्चालकहरु बताउछन् । तर अझै पनि विद्यायलको आफ्नै भवन भने छैन ।

विद्यालय व्यवस्थापक अध्यक्ष शान्ता थापाका अनुसार “हाल नगरपालिकाको पहलमा तुल्सीमेहेर महिला आश्रम अन्तरगत भवन उपलल्बध गराएको उक्त भवनमा तिनवटा कक्षा सञ्चालित छन् । जसमा एक सय ४५ जना दिदिवहिनीहरु अध्ययनरत छन् भने ४ जना शिक्षकहरु रहेका छन् । यस विद्यायलमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले भर्ना शुल्क रु ५ सय र मासिक रु २ सय तिर्नु पर्दछ । कक्षा सञ्चालन विहान ११ वजे देखि १ वजे सम्म हुन्छ भने परिक्षा वर्षमा तिनपटक हुन्छ र तीन तहमा विभाजन गरी कक्षा सञ्चालनमा रहेको छ ।”

कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँको मुटुमा रहिकन पनि यहाँका महिलाहरु शिक्षामा पछि परेको महशुस भएपश्चात वत्तिमूनिको अध्यारोलाई हटाउने उद्देश्यका साथ वि.स.२०६५ सालमा दर्ता भई औपचारिक रुपमा सञ्चालनमा ल्यायाएको अध्यक्ष थापाको भनाई छ ।

अझै पनि नेपाली समाजमा छोरीलाई शिक्षा दिनुपर्छ भन्ने भावना पूर्णरुपमा विकसित भइसकेको अवस्था छैन । जसले गर्दा अधिकांस महिलाहरु निरक्षर हुन वाध्य छन् ।

विगतमा विविध कारणले औपचारिक शिक्षा लिनबाट पछि परेका महिलाहरु आफ्नो इच्छा शक्तिलाई व्यवहारिक बनाउँदै र समयको माग अनुसार महिलाहरुलाई पढ्न–पढाउन तथा सांक्षर बनाउनका निमित्त सो विद्यालयका संचालकहरु लागि परेको सञ्चालकहरुको भनाई छ ।

साच्चिकै परिवर्तन चाहने हो भने सवैभन्दा तल रहेका महिला दिदीवहिनीहरुलाई कसरी माथि उठाउने र उनीहरुलाई सामाजिक हैसियत सहित आत्मानिर्भताको बाटो देखाउने भन्ने विभिन्न उद्देश्य सहित यस स्कुल व्यवस्थापनमा लागि परेको विद्यालय प्रधानाध्यापक शुसिला खतिवडाले बताइन् ।

नेपाली समाज अझै पनि पितृसतात्मक समाजिक संचनामा आधारित भएकाले महिलाहरु आर्थिक, सामाजिक र पारिवारिक समस्याहरुबाट गुज्रीरहेको अवस्था छ । जसको उदाहरण यस विद्यालयमा अध्ययनरत आधिकासं महिलाहरु आर्थिक तथा विविध समस्याका कारण नियमित विद्यालय आउन नसकेको समस्याहरु रहेकोले वडा, नगरपालिका तथा सम्बन्धित निकायले कम्तिमा उनीहरुलाई कपि कलम र किताव निशुल्क प्रदानको व्यवस्था गर्दिएमा केही राहत हुनेमा प्रधानध्यापक खतिवडाको अपेक्षा छ ।

विद्यालय व्यवस्थापक सदस्य राधा ढुङ्गानाका अनुसार यस विद्यालयमा अध्ययनरत विद्यार्थी महिलाहरुले पढ्न, लेख्न र सिक्नको लागि उत्साहजनक सहभागीता जनाइरहेका छन् । साथै जव उमेर बढ्दै जान्छ तव विस्तारै शारीरिक रुपमा निश्क्रिय हुने हुँदा जति उमेर ढल्किदै गयो त्यति नै शिक्षाको आवश्यकता बढ्दै जाने हुँदा पढ्न, लेख्न, र सिक्न उमेर नछेक्ने उनको भनाई छ ।

अध्ययनरत महिलाहरुमा जीवनमा पढ्नुपर्छ भन्ने धारणाको विकास हुँदै गएको र दिनप्रतिदिन पढ्न उत्साह थपिदै गइरहेको सोही विद्यालयका शिक्षक रिता चापागाईको अनुभव छ ।

यस विद्यलयको अभ्यासबाट कुनै पनि सार्वजनिक ठाउँहरुमा जाँदा नेपाली वा अङ्ग्रेजी भाषामा लेखिएको साँङ्केतिक भाषाहरु पढ्न सहज भएको र साहयताको लागि अरुमा निर्भर हुन नपरेको पराम्परागत र आधुनिक दुवै जीवनशैली विताइरहेकी वैकल्पिक विद्यायलयमा अध्ययनरत विद्यार्थी लक्ष्मी पोख्ररेल बताउछिन् । परिवर्तन गर्नु छ भने आँफैबाट सुरुवात गर्नुपर्छ भन्ने भावना सहित बोकेकी पोखरेल आम महिला दिदिवहिनीहरुलाई पढ्नको लागि उमेरसँग नदाज्न उनको अनुरोध छ ।

एउटा महिला शिक्षित भए सिङ्गो परिवार नै शिक्षित हुन्छ भन्ने यर्थात भनाइलाई मध्यनजर गर्दै र जहाँ इच्छा त्यहाँ उपाय भने झैँ औपचारिक शिक्षा लिने उमेर नाघेका तथा विविध जिम्मेवारीको बावजुद पनि यो उमेरमा नियमित विद्यालय जाने आट गर्नु कुनै सामन्य कुरा होइन । यी महिलाहरुको पढाइप्रतिको लगाव र विद्यालय सञ्चालक समितहरुले महिलाहरुलाई पढ्ने वातावरण जुटाई उनीहरुलाई शिक्षाप्रति उत्प्रेरित गरिरहेको कार्य साच्चै नै  सह्रणिय छ । त्यसैले सम्बन्धित निकायले यस विद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तथा सेवा सुविधा उपलब्ध गराएमा अझ धेरै महिलाहरुलाई साक्षर  बनाउन यस विद्यालयले सहयोगी भूमिका नखेल्ला भन्न सकिन्न ।

पूरा समाचारको लागिको लिङ्कमा क्लिक गर्नुहोस्ः

 

तपाईको प्रतिक्रिया