बडागाउँमा सडेको बेवारिसे अवस्थामा शव फेला

नारीकोसिस डटकम/चैत १७, पर्वत । पर्वतको सदरमुकाम कुश्माबजार नजिकै बडागाउँमा सडेको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
शव पूर्ण रूपमा सडेको अवस्थामा रहेकाले महिला वा पुरुष कसको भन्ने बारेमा खुल्न सकेको छैन ।
शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया