सङ्खुवासभाको गाउँपालिका कार्यालयमा आगजनी
नारीकोसिस डटकम/चैत १७, सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ ।
रातको १२:३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन्।
कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए ।
सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको बताए ।
सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ।
घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको समेत प्रजिअले जानकारी दिए ।
तपाईको प्रतिक्रिया